भारत विरुद्ध पहिलो दिन क्लार्कको अविजीत सतक
अस्ट्रेलियाले भारत विरुद्धको पहिलो टेस्ट म्याचको पहिलो दिन ७ विकेट गुमाएर ९५ ओभर खेल्दै ३१६ रन जोडेको छ। अस्ट्रेलियाको तर्फबाट प्रारम्भिक ब्याट्सम्यान डेभिड वार्नरले ५९ र एडवार्ड जेम्स क्रावनले २९ रनको योगदान दिएको खेलमा माइकल क्लार्कले अबिजीत १०३ बनाएका छन् भने मोजेज हेन्रिक़ुएसले ६८ रनको योगदान दिए। पिटर सिद्दले १ रन बनाएर क्लार्कलाई साथ दिइरहेका छन्।
बलिङ्ग तर्फ भारत रविचन्द्र आश्विन चम्किए। आश्विन एक्लैले ३० ओभर बलिङ्ग गर्दै ५ मेडन राखेर ६ विकेट लिए भने अर्को १ विकेट रबिन्द्र जडेजाको नाममा रह्यो। आफ्नो १ सयौं टेस्ट म्याच खेलिरहेका हरभजन सिंहले भने १९ ओभर बलिङ्ग गर्दै ७१ रन दिए।

Comments
Post a Comment