मच्छिन्द्र सप्तरी गोल्ड कप च्याम्पियन
हिमालयन शेर्पा विरुद्धको फाइनल भिडन्तमा बिशाल राई बीले ह्याट्रिक गरेपछि प्रथम सप्तरी गोल्ड कपको उपाधि माथि मच्छिन्द्र क्लबले कब्जा जमाएको छ। राजविराज रंगशालामा आइतबार सम्पन्न फाइनल खेलमा शेर्पालाई मच्छिन्द्रले ३-१ ले पछि पार्यो। बिशाल राईले १२ औं मिनेटमा पाप्त पेनाल्टी मार्फत पहिलो गोल गरेका थिए। शेर्पाले २० औं मिनेटमा पुकार गहतराजको गोल मार्फत बराबरी गोल फर्काए पनि ४० औं मिनेटमा विशालले पुन गोल गर्दै मच्छिन्द्रलाई अग्रता दिलाएक थिए। पहिलो हाफ २-१ ले पछि परेको शेर्पा दोस्रो हाफको ५७ औं मिनेटमा गणेश खड्काले रातो कार्ड पाए पछि झन् दबाबमा आएको थियो। म्यान अफ द म्याच बिशाल राईले ७९ औं मिनेटमा ह्याट्रिक पूरा गरे। यो जीत संगै मच्छिन्द्रले लिगमा हारेको बदला लियो।
फेयर प्ले टिमको पुरस्कार सप्तरी ११ ले जित्यो भने बेस्ट डिफेन्डर मच्छिन्द्रका विक्रम लिम्बू, बेस्ट मिडफिल्डर मच्छिन्द्रकै फाउदा यानिक, बेस्ट स्टाइकर शेर्पाका धीरज तामांग र बेस्ट गोल रक्षकमा सप्तरी ११ का मनोज केसी घोषित भए। सर्वाधिक गोलकर्ताको पुरस्कार भने धिरज तामांग र बिशाल राईले संयुक्त रुममा हात पारे।

Comments
Post a Comment