महान फूटबलरलाई पुत्रलाभ

विश्व फूटबलका महान हस्ती 52 वर्षीय अर्जेन्टिनी फुटबल लिजेण्ड डियगो म्याराडोना फेरि बाबु बनेका छन्। म्याराडोनाकी 35 वर्षिया प्रेमिका भिक्टोरिया ओजेडाले बुधबार राती ब्युनस आयर्सको अस्पतालमा छोरा डियगो फर्नान्डोलाई जन्म दिएकी छन्। म्याराडोना भने हाल दुबईमा कार्यरत रहेकोले फर्नान्डोलाई भेट्न आतुर रहेको बताए।

Comments