स्पेन र अर्जेन्टिना सफल

दोस्रो हाफमा पेड्रोले दुई गोल गरेपछि स्पेनले उरुग्वेलाई 3-1 ले हराउन सफल भएको छ। खालिफा स्टेडियममा बुधबार सम्पन्न खेलको पहिलो हाफ 1-1 को बराबरीमा सम्पन्न भएको थियो। 16 मिनटमा फेब्रिगासको गोलबाट अगाडी बढेको स्पेनलाई 32 औं मिनेटमा क्रिस्टियन रोद्रिगेजले उरुग्वेको तर्फबाट गोल गरेपछि बराबरीको स्थितिमा पुर्याएका थिए। जीतको लागि पेड्रोले दोस्रो हाफको 51 र 74 औं मिनटमा गोल गरेका थिए। बुधबार नै सम्पन्न अन्य फ्रेन्ड्ली म्याचमा पाकिस्तानले नेपाललाई 1-0, अर्जेन्टिनाले स्विडेनलाई र इक्वेडरले पोर्चुगललाई 3-2, जापानले लत्भ्यालाई र पाराग्वेले इएल साल्भाडोरलाई 3-0, फिलिपन्सले म्यान्मारलाई र स्कोटल्याण्डले इस्टोनियालाई 1-0, प्यालेस्टाइनले भारतलाई 4-2, अजरबैजानले लीश्टेनस्टाईनलाई 1-0, क्रोसियाले दक्षिण कोरियालाई 4-0, केन्याले लिबियालाई र माचेदोनियाले डेनमार्कलाई 3-0, काजकस्थानले मोल्दोभालाई र सर्बियाले साईप्रसलाई  समान 3-1, चिलिले इजिप्टलाई, जर्जियाले अल्बानियालाई,  इंगलैंडले ब्राजिललाई, बेल्जियमले स्लोभाकियालाई वेल्सले अस्ट्रियालाई जर्मनीले फ्रान्सलाई बोलिभियाले हैटीलाई र इजरायलले फिनल्याण्डलाई 2-1,  रसियाले आइसल्याण्डलाई आयरल्याण्डले पोल्याण्डलाई, पेरुले  ट्रीडिना एण्ड टोबाकोलाई र चेक रिपब्लिकले टर्कीलाई 2-0, कोलाम्बियाले ग्वाटेमालालाई 4-1 हराउन सफल भए भने ग्रीस र स्विजरल्याण्ड, नेदरल्याण्ड र इटाली, माल्टा र नर्दन आयरल्याण्ड, हंगेरी र बेलारुसले भने बराबरीमा चित्त बुझाए।  

Comments

Popular Posts