नेपालको लगातार दोस्रो हार
अभ्यास खेलको लागि दिल्ली भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले बुधबार पनि हार आत्मसाथ गरेको छ। नेपाली टिमले नजफगढ़स्थित टेलिफोनकेन टिमलाई ७ विकेटले नतिजा सुम्पेको हो। यस अगाडी दिल्लीकै विजय दहिया एकेडेमीसंग पनि हारेको थियो।
घरेलु टोलीले टस जितेर फिल्डिंग रोजे पछि नेपाली टोली ब्याटिंगमा उत्रिएको थियो। कप्तान पारस खड्का र शरद भेषावकरले अर्धशतकीय पाली खेल्दै निर्धारित ४५ ओभरमा ९ विकेट गुमाएर २१७ रन जोडेको थियो।
जवाफी ब्याटिंगमा उत्रिएको टेलिफोनकेनले ३६.३ बलमा ३ विकेट गुमाएर २२० रन बनाउदै लक्ष पुरा गर्यो। विजेता टोलीको लागि दीपक खत्रीले सर्वाधिक ८२ रन जोडेका थिए।

Comments
Post a Comment