सचिन र कोहलीको अर्धसतक

भारत भ्रमणमा रहेको अस्ट्रेलियन क्रिकेट टिमले सबै विकेट गुमाएर ३८० रन जोड्दै पहिलो इनिंग समाप्तिको घोषणा गरेपछि ब्याटिंगमा उत्रिएको टिम इंडियाको प्रारम्भिक ब्याट्सम्यान सस्तैमा आउट भएपछि भारतीय टोली दबाबमा आएको थियो तर त्यसपछि मास्टर ब्लास्टर सचिन तेन्दुलकर र चेतेश्वोर पुजराले टिम इंडियालाई उकास्ने काम गर्यो। पुजाराले ४४ रनको योगदान दिए भने तेन्दुलकर ७१ रनमा अविजीत छन्। तेन्दुलकरलाई ५० रन जोड्न सफल विराट कोहलीले साथ दिइरहेका छन्। दोस्रो दिनको खेल समाप्ति सम्म भारत ३ विकेटको क्षतिमा १८२ रन जोड्न सफल भएको छ। अस्ट्रेलिया भन्दा १९८ रनले पछि रहेको छ।

Comments

Popular Posts