आइपुगे रोहित

इन्डोनेसियाको लिग खेलिरहेका नेपाली राष्ट्रिय टोलीका नियमित सदस्य  रोहित चन्द एएफसी च्यालेन्ज कपको छनोट चरण खेल्न शुक्रबार आइपुगेका छन्।
च्यालेन्ज कप छनोट फागुन १९ बाट दशरथ रंगशालामा हुँदैछ। झन्डै चार महिनाअघि ट्रायलका लागि इन्डोनेसिया पुगेका रोहित डिसेम्बर १ मा इन्डोनेसिया सुपर लिग (आइएसएल) क्लब पिएसपिएस पेकानबारुमा आबद्ध भएका थिए। रोहितको क्लब आइएलएलमा छैटौं स्थानमा छ। ७ खेलमा २ जित, तीन बराबरी र २ हारका साथ टोलीको ९ अंक छ। रोहितको अनुपस्थितिमा पेकानबारुले दुई खेल खेल्नेछ।  

Comments