सिमरा गोल्ड कप मनाङ्गको पोल्टामा

सर्वाधिक पुरस्कारको मोफसलको प्रतियोगिता सिमरा गोल्ड कपको चौथो संस्करणको आज भारी वर्षाबीच सम्पन्न भयो। रेड बुल ए डिभीजन लिगमा खासै जम्न नसकेको मनाङ्ग र हिमालयन शेर्पा बीच भएको फाइनल खेलको 12 मिनेटमा मनाङ्गका विदेशी खेलाडी चिकोले गोल गर्दै टिमलाई अगाडि बढाएका थिए। वर्षाले प्रभावित खेलमा त्यसपछि दुवै तर्फबाट कुनै गोल हुन सकेन। यो जीत संगै मनाङ्गले उपाधि रक्षा गर्यो।  मनानङ्ग 2068 को पनि विजेता हो भने हिमालयन शेर्पा क्लबले पनि त्यस अघिको सिमरा गोल्ड कप जितेको थियो। मनाङ्गले प्रमुख प्रशिक्षक बिना नै उपाधि चुम्न सफल भयो। मनाङ्गका प्रशिक्षक कृष्ण थापाले ए डिभिजन लिग र आहा-रारा गोल्ड कपमा खराब सोचे अनुसार प्रदर्शन गर्न नसके पछि राजीनामा दिएका थिए। प्रतियोगिताको उतक्रिस्ट खेलाडी मनाङ्गका शिव श्रेष्ठ घोषित भए। श्रेष्ठले एक थान ल्यापटप पाए।

Comments