रियल-युनाईटेड, शाक्थर-डोर्टमुण्ड बराबरीमा रोकिए
युरोपियन च्याम्पियन लिग अन्तर्गत रियल मड्रिडको घरेलु मैदान बेर्नबौमा बुधबार राती सम्पन्न इङ्ग्लिश क्लब म्यानचेस्टर युनाईटेड र स्पेनी महारथी रियल बीचको खेल 1-1 को बराबरीमा सकियो। खेलको पहिलो हाफ पाहुना टोली युनाईटेडले आफ्नो पकडमा राखेको थियो। खेलको 20 औं मिनेटमा प्राप्त कर्नर किकमा डयानी वेलब्याकले महत्त्वपूर्ण अवे गोल गर्न सफल भएको थियो। आफ्नो पूर्व क्लब विरुद्ध पहिलो पटक मैदान उत्रेको क्रिस्टीयानो रोनाल्डोले त्यसको 10 मिनट पछि बराबरी गोल हेड मार्फत नै गर्न सफल भएको थियो। अब मार्च 5 मा ओल्ड ट्राफ्फोर्डमा हुने यी दुई क्लब बीचको खेल झन् रोमान्चक हुने भएको छ। उक्त खेल गोलरहित बराबरीमा सकिए ला लिगामा खराब प्रदर्शन गरिरहेको रियलको चुनौती च्याम्पियन लिगबाट पनि समाप्त हुनेछ।
बुधबार राती नै सम्पन्न च्याम्पियन लिग अन्तर्गतको अर्को खेलमा युक्रेनी क्लब शाक्थर डोनेस्कले घरेलु मैदान डोंबस्क अरेनामा 2 पटक अग्रता लिएर पनि जर्मनी क्लब बोरुसिया डोर्टमुण्डसंग 2-2 को बराबरीमा चित्त बुझाउन बाध्य भएको छ। शाक्थरका कप्तान डरिजो सर्नाले पहिलो हाफको 31 औं मिनेटमा प्राप्त फ्री-किक 21 मिटर दूरीबाट सुन्दर गोल गरेपछि घरेलु टोलीले पहिलो अग्रता लिएको थियो तर उक्त अग्रता 10 मिनेट भन्दा धेरै टिक्न सकेन बोरुसिया डोर्टमुण्डका रोबर्ट लवनडोवस्कीले डी-बस्क भित्र प्राप्त सुन्दर पास
लाई गोलमा परिणत गरेपछि पहिलो हाफ 1-1 को बराबरीमा सकिएको थियो। लवनडोवस्कीको प्रहार बचाउने क्रममा शाक्थरका दुई रक्षक डी-बस्क भित्रै लडेपछि उनलाई गोल गर्न सहज भएको थियो। दोस्रो हाफको 68 औं मिनेटमा फेरि सब्सिच्युट खेलाडी डी कोस्टाको अत्यन्त सुन्दर तथा कलात्मक गोलबाट फेरि शाक्थरले अग्रता त लियो तर निर्धारित समय सकिन 3 मिनट अगाडि प्राप्त कर्नर किकमा मट्स हम्म्लेसले ससक्त हेड गर्दै बराबरी गोल फर्काए।

Comments
Post a Comment