फिफा वरियतामा नेपाल 4 स्थान तल

पाकिस्तानसंग सम्पन्न दुवै मैत्रीपूर्ण हारेपछि नेपाल फिफाद्वारा जारी नयाँ रेङ्किङ्गमा 3 अंक गुमाउदै 170 औं स्थानबाट चार स्थान तल 174 मा झरेको छ। दुवै खेलमा जीत निकाल्न सफल पाकिस्तान भने 19 स्थान माथि चढ्न सफल भएको छ। एसियन देशहरुमा जापान सबै भन्दा माथि छ। जापान 7 स्थान तल झर्दै 28 स्थानमा रहेको छ। टप 10 मा इंगल्याण्ड 2 स्थान माथि चढ्दै 4 औं स्थानमा पुग्यो भने पोर्चुगल एक  स्थान माथि चढ्दै 6 र क्रोसिया पनि एक स्थान माथि चढ्दै 9 औं स्थानमा रहे।
 

Comments

Popular Posts