एन्फाले राष्ट्रिय टोलीबाट 3 जनालाई हटायो
आगामी फागुन 19 देखि काठमाण्डौ मा संचालन हुने एएफसी च्यालेन्ज कप छनोट फूटबल प्रतियोगिताको लागि हाल बन्द प्रशिक्षणमा रलेका 30 खेलाडी मध्येबाट 3 जनालाई हटाउदै एन्फाले 28 जनाको नाम घोषणा गरेको छ।
नेपाली राष्ट्रिय फूटबल टोलीका प्रशिक्षक ज्याक स्टेफानोस्की र सहायक प्रशिक्षक रिचार्ड ओर्लोस्कीले नेपाल र पाकिस्तान बीचको दुई मैत्रीपूर्ण खेलमा पराजीत भएपछि 3 जनालाई टोलीबाट हटाएको हो। पाकिस्तान विरुद्धको पहिलो खेलमा गम्भीर गल्ति गरेका हिमालयन शेर्पा क्लबका गणेश खड्का, सरोज दाहाल र सुलभ मास्केलाई टिमबाट हटाईएको छ।
अब टोलीमा 3 गोलरक्षक, 8 रक्षक, 10 मिडफिल्डर र 7 फरवार्ड रहेका छन्। थ्री स्टारका किरण चेम्जोङ्ग, बिराज महर्जन, विजय धिमाल, सन्दिप राई, बिक्रम लामा, विजय गुरुङ, अनिल ओझा र सन्तोष साहुखला, नेपाल आर्मीका जितेन्द्र कार्की, राजु तामांग, भरत खवास र नवयुग श्रेष्ठ, मछिन्द्र फूटबल क्लबका दीपक राई र बिशाल राई ए, आरसिटीका अमर डंगोल, मनाङ्गका अनिल गुरुङ र सविन्द्र श्रेष्ठ, फ्रेन्ड्स क्लबका सागर थापा, जगजीत श्रेष्ठ र निराजन खड्का, नेपाल पुलिस क्लबका जुमानु राई, भोला सिलवाल, रितेश थापा, रबिन श्रेष्ठ र चेतन घिमिरे, एपीएफका राजेन्द्र रावल र मध्यपुरका विकेश कुथु सहित जम्मा 27 जना बन्द प्रशिक्षणमा रहने छन्। हाल इन्डोनेसियन क्लबबाट खेलिरहेका रोहित चन्द समेटेर जम्मा 28 जनाको राष्ट्रिय टोली घोषणा गरिएको हो ।
एन्फाले अब यही 28 जना मध्येबाट एएफसी च्यालेन्ज कप छनोटको समूह डी मा रहेका टिमहरु बंगलादेश, प्यालेस्टाइन र नर्दन मरियाना आइल्याण्ड बिरुद्ध खेल्नको लागि 23 सदस्यीय टोलीको घोषणा गर्ने छ।

Comments
Post a Comment