अजरेन्काद्वारा उपाधि रक्षा

2011 मा पहिलो ग्रान्ड स्लाम फ्रेन्च ओपन चुमेपछि दोस्रो सफलताको खोजीमा रहेकी, यही फेब्रुवरी 26 को दिन 31 औं जन्मदिन मनाउन गइरहेकी एसियन स्टार टेनिस खेलाडी चीनकी ली ना ठीक 1 महिना अगाडि आज जनवरी 26 को दिन गत वर्षको विजेता विश्व नं . 1 बेरलुसकी भिक्टोरिया अजरेन्का संग अस्ट्रेलियन ओपन महिला एकल तर्फको उपाधिको लागि अन्तिम प्रतिस्पर्धा गरिन्। उतार-चढावपूर्ण पहिलो सेट 6-4 ले विश्व नं . 6 ली ले आफ्नो पक्षमा पार्न सफल भईन् । तर त्यसपछि लीले कुनै चमत्कार देखाउन सकिनन्। दोस्रो सेट 4-6 र तेस्रो सेट 3-6 ले नै अजरेन्काको पक्षमा गयो। अजरेन्काले समग्रमा 2-1 ले लीलाई पछि पार्दै उपाधि रक्षा गरेकी छिन्। यो संगै 2012 र 2013 को उपाधि अजरेन्काको पोल्टामा पुगेको छ।


Comments