जावलाखेल सेमी-फाइनल प्रवेश

हिमालयन शेर्पा क्लबले अन्तिम खेलमा मध्यपुर युथ एसोसिएसनलाई पराजीत गरिदिए पछि ए डिभिजनमा नै टिकेको ललितपुरे टोली जावलाखेल युथ क्लब पोखरामा संचालन भइरहेको 11 औं आहा-रारा गोल्ड कपको क्वाटर फाइनलमा पाहुना टोलि गोर्खा ब्रिगेड इंडियालाई 2:0 ले पाखा लगाउदै सेमी फाइनल प्रवेश गर्ने पहिलो टिम बनेको छ।
दोस्रो हाफ सुरु भए लगत्तै 47 औं मिनटमा राज पौडेलले जावलाखेलको तर्फबाट पहिलो गोल गरेका थिए भने  दोस्रो गोल 63 औं मिनटमा जग्गु नाथ खड्काको नाममा रह्यो ।

Comments