रोमा सेमिफाइनलमा
मिलान, माघ ५ (एएफपी)- तीन खेलाडीले
रातो कार्ड सामना गर्दै मैदान छोडेको तनावपूर्ण खेलमा स्ट्राइकर माटिया
डेस्ट्रोले गोल गरेपछि एएस रोमाले बुधबार फिओरेन्टिनामाथि १-० को अवे विजय
हासिल गर्दै इटालियन कपको सेमिफाइनल पक्का गरेको छ।
अतिरिक्त समयसम्म संघर्ष गर्दै पाएको यो जितपछि रोमा प्रतियोगितामा सेमिफाइनल पुग्ने इन्टर मिलान, युभेन्ट्स र लाजियोपछि चौथो तथा अन्तिम टोली बनेको छ। गतवर्ष इटालियन कप नेपोलीले जितेको थियो।
फिओरेन्टिनाको आर्टेमियो फ्रान्ची रंगशालामा निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि अतिरिक्त समयको सातौं मिनेटमा डेस्ट्रोले रोमाका लागि गोल गरे। त्यसपछि खेलमा तनाव सुरु भयो।
फिओरेन्टिनाबाट बराबरी गोलको निकै नजिक पुगिसकेका कोलम्बियाली मिडफिल्डर हुँवा कुवाड्राडोले रोमाका जोस डोडोसँग भिडेवापत अन्तिम मिनेटमा रातो कार्ड सामना गरे। दुई खेलाडी आपसमा जाइलाग्दा रोमाका डोडोले पनि रातो कार्ड पाए। यसको तीन मिनेटअघि नै रोडरिगो टाडेइले दोस्रो पहेँलो कार्डसँगै रातो कार्ड पाउँदा रोमा २० जनामा सीमित भइसकेको थियो।

Comments
Post a Comment