अस्ट्रेलियन ओपन पुरुष एकल अन्तर्गत पहिलो क्वार्टर फाइनलमा दुई स्पेनिस खेलाडी विश्व नं . 4 डेविड फेर्रेर र विश्व नं . 10 निकोलस अल्मोग्रो भिडेका थिए। सुरुवाती दुई सेट समान 6-4 ले निकोलस ले आफ्नो पक्षमा परे पनि त्यसपछिका सेटहरू 5-7, 6-7, 2-6 ले डेविड फेर्रेरलाई सुम्पन बाध्य भए। सुरुवाती दुई सेट गुमाए पछि दबाबमा आएका फेर्रेर पछिल्लो तीन सेटमा सफलता हात पर्दै सेमीमा पुग्न सफल भए। अब उनको भेट विश्व नं . 1 नोभाक जोकोभिक र विश्व नं . 5 टोमस बेर्द्यच बीचको विजेतासँग हुनेछ।
Comments
Post a Comment