ग्वार्डिओला बायर्नमा
बायर्न म्युनिखले
जर्मन बुन्डेसलिगामा तहल्का मच्चाउँदै आगामी सिजन बार्सिलोनाका
पूर्वप्रशिक्षक पेप ग्वार्डिओलालाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ। मंगलबार
लन्डनमा एफएको १ सय ५०औं वार्षिकोत्सव समारोहमा भविष्यमा इङ्लिस टोली
सम्हाल्ने संकेत गरेका ग्वार्डिओलाले २०१३/१४ को सिजनका लागि नयाँ
प्रशिक्षकमा सम्झौता गरेको बुधबारै घोषणा गरिएको हो।
बायर्नका ६७ वर्षे वर्तमान प्रशिक्षक जुप हाइनेक्सले जुन महिनादेखि पद
त्याग गर्ने घोषणा गरिसकेका कारण बुन्डेसलिगाको महारथी उपयुक्त प्रशिक्षकको
खोजीमा थियो।
इङ्लिस प्रिमियर लिगको महारथी चेल्सीका मालिक रोमन एब्रामोभिचले १०औं लाख पाउन्डमा सरुवा प्रस्ताव गरेको बताइए पनि ग्वार्डिओलाले भने पूरा सिजन न्युयोर्कस्थित अपार्टमेन्टमा बसेर कोलम्बिया विश्वविद्यालयमा अध्ययन गर्नुका साथै आएका प्रस्तावहरूमा विचार गरेर बिताए। गत जुनमा बार्सिलोनाबाट राजीनामा दिएदेखि ग्वार्डिओला युरोपका सबैजसो ठूला क्लबको लक्ष्यमा परेका थिए।
बार्सिलोनामा प्रशिक्षकमा रहँदा २००९ र २०११ मा गरी दुईपटक च्याम्पियन्स लिग जितेका उनले खेलाडी र प्रशिक्षकको भूमिकामा गरी नौपटक स्पेनिस ला लिगा तथा चारपटक स्पेनको लिग कप जितेका थिए। विश्व फुटबलमै सर्वाधिक सफल मानिएका म्यानचेस्टर युनाइटेडका प्रशिक्षक सर एलेक्स फर्गुसनले १२ प्रिमियर लिग तथा पाँच एफए कप उपाधि जितेका छन्। ग्वार्डिओलाको भन्दा फर्गुसनको तथ्यांक राम्रो भए पनि ४१ वर्षे ग्वार्डिओला फर्गुसनभन्दा ३० वर्ष कान्छा छन्।
पछिल्ला दुई सिजन उपाधिरहित बन्नु परेपछि बायर्नले ग्वार्डिओलाजस्तै सक्षम प्रशिक्षकको खोजी गरिरहेको थियो। गत मे मा भोगेका पीडा बिर्साउन बायर्नले ग्वार्डिओलालाई अनुबन्ध गरेको जनाएको छ। त्यतिखेर टोलीले जर्मन लिग र जर्मन कपमा च्याम्पियन बोरुसिया डर्टमुन्डलाई तथा आफ्नै मैदानमा सम्पन्न च्याम्पियन्स लिग फाइनलमा चेल्सीलाई नतिजा सुम्पेको थियो।
च्याम्पियन्स लिगको फाइनलमा आफूलाई हराएको इङ्लिस प्रतिद्वन्द्वी चेल्सीले आँखा गाढिरहेकाले बायर्न अध्यक्ष कार्ल हेइन्ज रुमिङ्गे ग्वार्डिओलालाई भिœयाउन हतारिएका हुन्। 'पेप ग्वार्डिओलाजस्ता विशेषज्ञ प्रशिक्षकलाई अनुबन्ध गर्न सफल हुँदा हामी उत्साही छौं। युरोपका थुप्रै ठूला क्लबसँगको प्रतिस्पर्धामा हामीले सफलता पाएका छौं,' शुक्रबार एक पत्रकार सम्मेलनमार्फत ग्वार्डिओला आगमनको औपचारिक घोषणा गर्ने बताउँदै रुमिङ्गेले भने, 'ग्वार्डिओला विश्वकै सबैभन्दा सफल प्रशिक्षकमध्ये एक हुन्। उनको आगमनले बायर्न म्युनिख र जर्मन फुटबल लाभान्वित हुने हामीले विश्वास लिएका छौं। उनले २०१३ को जुलाईबाट काम सुरु गर्नेछन्।'
बार्सिलोनामा ठूला सफलता पाए पनि स्विडिस स्ट्राइकर याल्टन इब्राहिमोभिचले दार्शनिकको संज्ञा दिएका ग्वार्डिओलाले बायर्नमा भने सफलताका लागि थुप्रै संघर्ष गर्नुपर्नेछ। जर्मन राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक तथा अमेरिकाका वर्तमान प्रशिक्षक योर्गान क्लिन्सम्यानले २००९ को अप्रिलमा टोली भिएफएल उल्फसबर्गभन्दा पछि रहँदै दोस्रो स्थानमा सीमित हुँदा बर्खास्तीको सामना गर्नुपरेको थियो। लिगको अन्तिम अवस्थामा आइपुग्दा दोस्रो स्थानमा रहेका कारण जर्मन फुटबलमा निकै लोकप्रिय छवि भएका क्लिन्सम्यानको बायर्न कार्यकाल १० महिनामा टुंगिएको थियो।
नेदरल्यान्ड्सका प्रशिक्षक लुइस भान गालले पनि बायर्नमा क्लिन्सम्यानकै जस्तो नियति भोग्नुपरेको थियो। २०१० को च्याम्पियन्स लिग फाइनलमा पुग्नुका साथै टोलीलाई लिग र जर्मन कपको उपाधि जिताउनुका बाबजुद भान गाल २०११ मा बर्खास्तीको सिकार भए। तर बायर्नलाई २००१ को च्याम्पियन्स लिगका साथै पाँच बुन्डेसलिगा उपाधि जिताएका स्विट्जरल्यान्डका प्रशिक्षक ओट्मार हिट्जफिल्डले भने ग्वार्डिओला बायर्नका लागि सबैभन्दा उपयुक्त प्रशिक्षक भएको बताउँदै उनले लामो समय टोलीको नेतृत्व सम्हाल्ने विश्वास व्यक्त गरे।
'ग्वार्डिओला विश्वको उत्कृष्ट प्रशिक्षकमध्ये एक हुन्। उनले बार्सिलोनामा सफल कार्यकाल बिताइसकेका छन् र बायर्न म्युनिखलाई उनी उपयुक्त रोजाइ हुन्,' ६४ वर्षे हिट्जफिल्डले भने, 'उनी खेलाडी, क्लब र अन्य सरोकारवाला पक्षबीच लगातार संचार गरिरहने सक्षम कलाकार हुन्, जुन बायर्नको आवश्यकता हो। उनी युवा छन्, आधा वर्षमै उनले जर्मन भाषा जानिसक्ने छन्।'

Comments
Post a Comment