एभेरटन र बेटिस बराबरीमा रोकियो

ला लिग अन्तर्गत गत राती सम्पन्न रियल बेटिस र एथ्लेटिक बिल्बावो बीचको एकमात्र खेल बराबरीमा टुंगिएको छ। घरेलु टीम बेटिसले पहिलो मिनटमा नै पाएको पेनाल्टीलाई रुबेन कास्त्रोले कुनै गल्ति नगरी जाली चुमाए। खेलको 40   औं मिनटमा  बिल्बावोका अदुरिशले बराबरी गोल फर्काए पछि दुवै पक्षले गोल गर्न सकेनन्। 1-1 अंक जोडेको बिल्बावो 14 औं र बेटिस चौथो स्थानमा रहेका छन्।


गए रातिनै सम्पन्न इन्ग्लिश प्रिमिएर लिग अन्तर्गतको खेलमा  घरेलु टिम सौथम्प्सोन ले एभेरटनलाई गोलरहित बराबरीमा रोक्न सफल भएको छ

Comments