भिक्टोरिया अजरेन्काको सहज जीत
अस्ट्रेलियन ओपन महिला एकल तर्फ रसियन महिला टेनिस खेलाडी स्वेतलाना कुज्नेत्सोवाले क्वार्टर फाइनलमा नं. 1 खेलाडी भिक्टोरिया अजरेन्कासंग आफ्नो भेट पक्का गरेकी छिन। आज सम्पन्न खेलमा कुज्नेत्सोवाले डेनमार्ककी करोलिन वोज्निअकीलाई 6-2, 2-6, 7-5 ले पछि पारिन भने बेलारुसकी विश्व नं. 1 खेलाडी भिक्टोरिया अजरेन्काले रसियन एलेना वेस्निनालाई 6-1, 6-1 ले सहजै पाखा लगाइन। आजै सम्पन्न अर्को खेलमा अमेरिकन स्लोअने स्तेफेन्स पनि सर्वियन सुन्दरी बोजाना जोवानोव्सकीलाई 6-1, 6-3, 7-5 ले पछि परिन। अब उनको भेट सेरेना र मारिया किरिलेन्को बीचको विजेता संग हुनेछ।
Comments
Post a Comment