जोकोविचको संघर्षपूर्ण जीत
सुरुवाती सेट गुमाएका शीर्ष बरियताका सर्बियन खेलाडी नोवाक जोकोविक पनि खेलमा फर्कदै क्वार्टर फाइनल प्रवेश गरेका छन्। उनले स्वीस खेलाडी स्तानिस्लास वाव्रिनकालाई 1-6, 7-5, 6-4, 6-7, 7-6 (12) ले पछि पार्न सफल भए। स्तानिस्लास वाव्रिनकाले चौथो सेट जोकोविकलाई 6-7 ले पछि परे पछि खेल झन् रोमान्चक बनेको थियो। उनले पाचौं तथा निर्णायक सेटमा पनि जोकोविचलाई कडा टक्कर दिएका थिए। त्यसै गरि चेक रिपब्लिकका टोमस बेर्द्यच 6-3, 6-2, 7-6 (15) को सोझो सेटमा दक्षिण अफ्रिकाका केविन अन्डरसन लाई पछि पर्दै क्वार्टर फाइनल प्रवेश गरेका छन्। टोमस बेर्द्यच ले सुरुवाती दुई सेट सहजै जिते पनि अन्तिम सेटमा केविनले दह्रो टक्कर दिएका थिए। आजै सम्पन्न अर्को खेलमा स्पेनका निकोलस अल्मग्रो पनि आफ्नो खेल जित्दै अघिल्लो चरण प्रवेश गरेका छन्।
Comments
Post a Comment