मिसन फेरि च्याम्पियन
काठमाडौ, माघ ९ - चारपल्टको एसीसी यू-१९ एलिट कप क्रिकेटमा नेपाल फेरि एकपल्ट उपाधि चुम्ने लक्ष्य लिएर थाइल्यान्ड जाँदैछ । तीन साता लामो अभ्यासपछि टिम सोमबार बंगलादेश जानेछ र त्यहाँ तीन अभ्यास खेल खेलेर थाइल्यान्ड पुग्नेछ ।
लगातार चारपल्ट प्रभुत्व जमाएको नेपाल सन् २००९ मा सेमिफाइनलबाट निराशाजनक रूपमा बाहिरिएको थियो । नेपाललाई अन्तिम चारमा अफगानिस्तानले हराएको थियो । पाँचपल्ट यू-१९ विश्वकप क्रिकेट खेलेको नेपाल छैटौंपल्ट सहभागी हुने अवसरबाट चुक्यो । त्यसै निराशालाई
आशामा बदल्ने लक्ष्य राखेका छन्, कप्तान पृथु बाँस्कोटाले । उनले अफगानिस्तानसँग घुँडा टेक्दै विश्वकपमा खेल्न नपाउनुको पीडा राम्ररी बुझेका छन् । यू-१५ र यू-१६ मा नेपाललाई एसीसी
उमेर समूहको उपाधि दिलाइसकेका पृथु यू-१९ ट्रफी नेपालकै रहेको र यसपल्ट लिएर
र्फकने बताउँछन् ।
उनलाई थाहा छ, फरक वातावरण र पिचमा राम्रो प्रदर्शन गर्दै उपाधि हात पार्नु सहज छैन । 'टिममा सन्तुलन छ,' पृथुले आत्मविश्वाससाथ भने, 'टिमको स्पिन पक्ष राम्रो छ र धेरै अलराउन्डर भएकाले जुनसुकै टिमलाई पनि चुनौती दिन सक्छौं ।' पृथुलाई भाग्यमानी कप्तानका रूपमा समेत लिइन्छ । उनकै नेतृत्वमा नेपालले उमेर समूहमा जित्न बाँकी एकमात्र एसीसी यू-१६ एलिट कपको उपाधि जितेको थियो ।
यसअघि ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको टिममा अनुभवी खेलाडीको वर्चस्व थियो । पहिलाको तुलनामा कम अनुभवी खेलाडी छन् । टिममा राष्ट्रिय टिमबाट समेत खेलिसकेका राहुल विक, पृथु, प्रदीप ऐरी र सुवास खकुरेल छन् । पूर्वश्रीलंकन खेलाडी रोय लुक डायस एक महिनाअघि घर फर्किसकेका छन् ।
प्रशिक्षकबाट रोयले नेपाललाई बाईबाई गरेपछि फेरि एकपल्ट टिमको जिम्मा घरेलु प्रशिक्षकमाथि आइपरेको छ ।
सन् २००१ मा रोय नेपाल आएलगत्तै उनले पुरुषको राष्ट्रिय टिमसँगै सबै उमेर समूहलाईप्रशिक्षण दिएका थिए । घरेलु प्रशिक्षक भने सहायकमा सीमित रहे । रोयको बिदाइसँगै फेरि एकपल्ट अन्तर्राष्ट्रिय मैदानमा टिम सम्हाल्ने जिम्मा नेपाली प्रशिक्षकले पाएका छन् । लामो समय रोयको नजिक रहेका जगत टमाटा अहिले टिम सम्हाल्दै छन् । पहिलोपल्ट पूर्णरूपमा टिम सम्हाल्ने अवसर पाएका टमाटाले आफ्नो जिम्मेवारी राम्ररी बुझेका छन् ।
'साख र सान दुवै जोगाउनु छ,' थाइल्यान्ड यात्राको लक्ष्यबारे जगतको उत्तर थियो । टिममा ब्याट्सम्यान, स्पिन र फास्ट बलर तथा अलराउन्ड सबैको राम्रो सन्तुलन रहेकाले उपाधि जित्न सकिने टमाटाले बताए । उनले समूहका कुनै पनि टिमलाई कमजोर नआँक्ने उल्लेख गर्दै, 'हाम्रा लागि सबै खेल महत्त्वपूर्ण हुनेछन् । सबै खेलमा जित चाहन्छौं ।' बंगलादेशमा एक साताको बसाइमा तीन अभ्यास खेलले खेलाडीको मनोबल बढ्ने उनको विश्वास छ ।
रोय हुँदा योजना बनाउन नपर्ने उनले बताए । 'योजना रोयले बनाउथे । म त काममात्र गर्थें । अहिले सबै आफूले नै गर्नुपर्दा जिम्मेवारी थपिएको छ,' टमाटाले भने । रोयबाट सिकेको पाठ आफूले राम्रोसँग सदुपयोग गर्ने उनले बताए । 'रोयले विकेटको अध्ययन गर्न मलाई सिकाएका थिए,' उनले भने, 'खेलाडीलाई अनुशासनमा राख्नसमेत उनी माहिर थिए ।' उनले रोयको भन्दा प्रशिक्षणमा केही परिवर्तन गरेको उल्लेख गरे ।
फेबु्रअरी १ देखि १० सम्म हुने प्रतियोगिताको समूह 'बी' मा नेपाल, यूएई, अफगानिस्तान, ओमान र घरेलु टिम थाइल्यान्ड छन् ।
नेपाली टिम ः पृथु बाँस्कोटा -कप्तान), राहुल विक, राजेश पुलामी, शिव तेन्डुलकर, फैजल खान, राहुलप्रताप सिंह, नरेश बुढाऐर, सुवास खकुरेल, प्रदीप ऐरी, भुवन कार्की, विवेक दली, अविनाश कर्ण, कृष्ण कार्की र सागर पुन ।
प्रशिक्षक ः जगत टमाटा

Comments
Post a Comment