मनाङको जितमा सुजल नायक
पोखरा, माघ ६ - सुजल श्रेष्ठले दर्ुइ गोल गरेपछि मनाङ-मर्स्याङ्दीले नवौं आहा गोल्डकप फुटबलमा बिहीबार एपीएफ क्लबलाई २-० ले हराएको छ । पहिलो हाफको इन्जुरी समयमा एपीएफका गोलरक्षक समित राजभण्डारीकोे गल्ती मनाङका लागि क्वाटरफाइनल पुग्ने सुनौलो मौका बन्यो । पोस्टदेखि करिब ३० यार्डबाट आउट हुन लागेको बललाई समात्न समितले पोजिसन छाडेपछि सुजलले गोलको खाता खोले । पहिलो हाफको इन्जुरी समय सकिन दर्ुइ मिनेट रह“दा बल समात्न आएका गोलरक्षकलाई मौका नै नदिई सन्तोष साहुखलले पेनाल्टी क्ष्ँेत्रमा मिलाएको सुन्दर पासलाई श्रेष्ठले गोलमा परिणत गरेका हुन् । सुरुवातदेखि नै मनाङलाई टक्कर दिएको एपीएफको खेल गोल खाएपछि खस्किएको थियो । दोस्रो हाफपछि हतोत्साही उनीहरूले पासको तालमेल मिलाउन सकेनन् । स्ट्राइकरले मिडफिल्डबाट राम्रो सहयोग नपाउ“दा विपक्षी पोस्टमा आक्रमण बुन्न सकेनन् । एपीएफका टिम म्यानेजर धनवीर चौधरीले पहिलो गोलपछि खेलाडीको मनोबल खस्कनु नै पराजयको मुख्य कारण रहेको बताए । 'बाहिरिन लागेको बल समात्न गोलरक्षक पोस्ट छाडेर हिंड्नु नै सबैभन्दा ठूलो गल्ती भयो,' उनले भने, 'गोल खाएपछि नै खेलाडीले तालमेल गुमाए र हार बेहोर्नुपर्यो ।' उनले ४५ मिनेटअघिसम्मको खेल पर्रदर्शन गरेको भए एपीएफको पक्षमा नतिजा आउने दाबी गरे । खेलमा एपीएफले सन्तुलन गुमाएपछि गोलका धेरै अवसर मिले पनि मनाङले सबै सदुपयोग गर्न सकेन । ७० औं मिनेटसम्म भरपर्दा स्ट्राइकर सन्तोष साहुखलले चार बढी गोलका अवसर खेर फालेका थिए । एकपछि अर्को आक्रमण गरिरहेका सुजलले नै ७३ औं मिनेटमा अर्को गोल थपेर जित सुनिश्चित पारे । विजय गुरुङले बाया“ मैदानबाट पेनाल्टी क्षेत्रमा मिलाएको एअर बललाई उनले हेड गर्दै जाली चुमाएर दर्शकको मन जितेका थिए । खेलमा स्ट्राइकरका लागि सुन्दर पास मिलाउने गणेश खड्का जी फाइभ 'म्यान अफ द म्याच' चुनिए । मनाङका प्रशिक्षक बालगोपाल महर्जनले खेलाडीको पर्रदर्शन सन्तोषजनक भए पनि पाएका अवसर खेर जा“दा सहज जित हुन नसकेको बताए । 'एपीएफले गोल खाएपछि राम्रो खेल्न सकेन,' उनले भने, 'विपक्षी डिफेन्स राम्रो नहु“दानहु“दै पनि हाम्रा धेरै मौका खेर गए ।'यसअघि २०६० र ०६१ को आहा गोल्डकप विजेता र चारपटक फाइनल पुगेको मनाङ १० गते विभागीय नेपाल आर्मी क्लबस“ग भिड्दैछ । प्रशिक्षक महर्जनले आर्मी राम्रो टिम भएकाले बढी मिहिनेत गर्ने बताए ।
Comments
Post a Comment