रोनाल्डोद्वारा छोरा स्वीकार


ब्राजिलका फुटबल स्ट्रार रोनाल्डोले जापानमा पाँच वर्षअघि जन्मिएका बालक आफ्नो छोरो भएको स्वीकार गरेका छन् । हाल सिंगापुरमा बसोबास गरिरहेका ती बालक र रोनाल्डोको डीएनए मिलेपछि रो नाल्डोले आफू उक्त बालकको बुबा भएको कुरा स्वीकार गरेका हुन्, '३४ वषीय रोनाल्डोले आफ्नो टि्वटरमा लेखेका छन्- 'एलेक्स मेरो छोरो हो र ऊ तीन जना दाइसँग रमाएर बस्नेछ र म एउटा बाबुले गर्नुपर्ने कर्तव्य पूरा गर्नेछु ।'एलेक्सकी आमा मिचेल उमेजुले एलेक्सका पिता रोनाल्डो भएको र उसको लालनपालको जिम्मा रोनाल्डोले लिनुपर्ने आवाज उठाउँदै आएकी थिईन् । उनको कुरालाई रोनाल्डोले अस्वीकार गर्दै आएका थिए । रोनाल्डोले मिचेललाई सन् २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त रूपमा आयोजना गरेको विश्वकपमा पहिलो पटक भेटेका थिए । सन् २००४ मा रोनाल्डो रियल म्याडि्रडवाट खेल्ने क्रममा जापानको फुटबल टुरमा रहँदा उनीहरूबीच सम्बन्ध गाँसिँदा मिचेल गर्भवती भएकी थिइन् । ब्राजिलियन मूलकी २८ वर्षीया मिचेल हाल सिंगापुरमा बस्दै आएकी छिन् । रोनाल्डोले मेलिना डोमिन्ग्वेजसँग पहिलो विवाह गरेर एक सन्तान पाएका थिए भने अहिले दोस्रो श्रीमती विया एन्टोनीबाट दुई छोरी छन् ।

Comments

Popular Posts