सन्दीप राई


सन् २००६ को अन्त्यमा मस्कटमा ओमनविरुद्धको खेलमा राष्ट्रिय टिमबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेका सन्दीप राई नेपाली फुटबलका स्टार डिफेन्डर हुन्। सुनसरी दुहवीका राई १० वर्षको कलिलो उमेरमै एन्फा एकेडमीमा छनोट भएका थिए। २१ वर्षीय सन्दीपले मनाङमस्र्याङ्दीमा दुई र थ्रीस्टारमा तीन सिजन बिताए। थ्रीस्टार छाडेर यो सिजनको सुरुमा मनाङमस्र्याङ्दीसँग आबद्ध भए पनि रिलिज लिएर उनले भारतकोँबी’ डिभिजन क्लब मोहम्मडन स्पोर्टिङसँग ८ महिनाका लागि सम्झौता गरेका थिए। त्यहाँ उनको पारिश्रमिक मासिक १ लाख ३७ हजार रुपैयाँ थियो। कोलकाताको क्लबसँग अनुबन्ध ३ महिना बाँकी हुँदै फेरि आकर्षक पारिश्रमिकमा मनाङमस्र्याङ्दी फर्किएका राईसँग ५ प्रश्न
समझौता नसकिदै नेपाल र्फकनुको कारण के हो ?


मलाई मन पराएका प्रशिक्षक सइद नयिमुद्दिनले क्लब छाडेपछि म्यानेजमेन्टसँग राम्रो सम्बन्ध रहेन । नयाँ प्रशिक्षकले खेल्ने अवसर पनि कमै दिन थाले । मैदानमा २ जना मात्र विदेशी खेलाडी खेल्न पाउने नियम छ । क्लबमा ६ विदेशी थिए । त्यसैले पहिलो रोजाइ अग्रपंक्तिका अपिmकीलाई खेलाउँदा बेन्चमै बस्नुपर्ने बाध्यता बन्यो । घरभन्दा टाढाको नयाँ ठाउँ बस्नुपर्दा 'होम सिक' पनि भयो । त्यसैले क्लबसँग कुरा गरेर स्वदेश र्फकने निर्णय गरें ।


भारतका अन्य क्लबको पनि प्रस्ताव आएको थियो नि ?


आएको थियो, पहिलो श्रेणीको एयर इन्डियालगायत ३-४ क्लबको प्रस्ताव आए पनि २०६८ को अन्त्यसम्म नेपालमै खेल्ने निर्णय लिए ।


फेरि मनाङमस्र्याङ्दी रोज्नुको कारण के हो ?


मनाङमस्र्याङ्दी नेपालको राम्रो क्लब हो । मनाङ नेपालका कुनै पनि ठूला प्रतियोगिता जित्न टिम योग्य छ । क्लबमा मेरा थुप्रै साथी छन् । व्यवस्थापन पनि राम्रो छ । त्यसैले मनाङमस्र्याङ्दी नै रोजे । राम्रो टिम भएकाले हामी सहभागी हुने सबै प्रतियोगिता जित्न चाहन्छौं ।नेपाल र भारतको फुटबल स्तरमा के अन्तर छ ?खासै अन्तर छैन, नेपालका धेरै खेलाडी भारतका राम्रा क्लबमा खेल्न योग्य छन् । स्तर उस्तै छ । फरक यति हो, खेलाडीले भारतमा धेरै पारिश्रमिक पाउँछन्, नेपालमा थोरै ।


गर्लफ्रेन्ड छ ? विवाह कहिले गर्ने ?

गर्लफ्रेन्ड छैन, ३० वर्ष पुगेपछिमात्र विवाह गर्ने सोच छ ।

Comments