Rajendra Grabed Gold
ढाका , माघ २६ - बंगलादेशमा जारी ११ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता-साग)मा नेपालले म्याराथन तर्फ स्वर्ण पदक जितेको छ । राजेन्द्र भण्डारीले म्याराथनमा स्वर्ण जितेका हुन् । भण्डारीले म्याराथन पूरा गरेको समय आयोजकले उपलब्ध गराएको छैन । प्रतियोगिताको अन्तिम दिन जितेको यो पदकसंगै नेपालको स्वर्ण संख्या आठ पुगेको छ । नेपालले ९ रजत र २९ कास्य जितेको छ । सागमा नेपाल पाँचौं स्थान हात पारेको छ । पदक तालिकामा ७९ स्वर्ण जितेको भारत १ सय ५३ पदक सहित पहिलो भएको छ । टेबल टेनिसका केही खेल बाँकी रहँदा पाकिस्तान १८ स्वर्ण सहित ७७ पदक जितेर दोस्रो,बंगलादेश १७ स्वर्ण सहित ९० पदक जितेर तेस्रो तथा चौथो स्थानमा रहेको श्रीलंकाले १४ स्वर्ण सहित ८९ पदक प्राप्त गरेको छ । छैठौं स्थानमा रहेको आफगानिस्तानले ७ स्वर्ण सहित ३१,सातौं स्थानमा रहेको भुटानले २ रजत र ३ कास्य जितेको छ । अन्तिम स्थानमा रहेको माल्दिब्सले १ कास्य जितेको छ । सागको यो संस्करण आज सम्पनन हुँदैछ । प्रतियोगिताको अर्को संस्करण दुई वर्षपछि भारतमा हुनेछ ।
Comments
Post a Comment