Gold Import from Bag


काठमाडौं, माघ २६ - विवाहको लगन सकिए पछि सूनको मूल्य पनि केही घटेको छ । यस वर्षका लागि विवाहको लगन सामान्यतया सकिएको साथै विदेशबाट आउँदा हाते झोला मार्फत केही मात्रामा सुनको आयात हुन थालेपछि नेपाली बजारमा सुनको मूल्यमा कमी आएको बताइएको छ । बजारमा सुन आपूर्ति भइरहेकोले मंगलबार सुनको मूल्य सोमबारको तुलनामा प्रतितोलामा रु ६०० ले घटेर प्रतितोला ३१ हजार रुपैयाँ रहेको सुनचाँदी व्यवसायी सङ्घका अध्यक्ष तेजरत्न शाक्यले जानकारी दिए ।नेपाल राष्ट्र बैंङ्कले सुन आयातमा कडाइ गरेपछि नेपाली बजारमा सुनको अभाव भई अन्तर्राष्ट्रिय बजारको तुलनामा बढी मूल्य तिर्न उपभोक्ता बाध्य भएको सम्बद्ध व्यवसायीहरूले बताउँदै आएका थिए । सोमबारमात्र हाते झोला (हृयान्डक्यारी)मार्फत नेपालमा ४५ केजी सुन भित्रिएको थियो ।

Comments

Popular Posts