China Help is Important


काठमाडौं, माघ २६ - प्रधानमन्त्री माधवकुमार नेपालले नेपालको आर्थिक एवं सामाजिक विकासमा चीन सरकारले पुर्‍याएको योगदानको सराहना गर्दै नेपाल चीन सम्बन्ध अद्वितीय रहेको बताएका छन् ।चीन सरकारको सहयोगमा ललितपुरको खुमलटारमा नवनिर्मित राष्ट्रिय प्रकृति संरक्षण कोषको भवनको मङ्गबार उद्घाटन गर्दै उनले नेपालको भौतिक पूर्वाधार निर्माणमा प्राप्त चिनियाँ सहयोग सधै अविस्मरणीय रहने बताए । नेपालको प्रकृति संरक्षणका क्षेत्रमा अग्रणी जिम्मेवारी निर्वाह गरिरहेको राष्ट्रिय प्रकृति संरक्षण कोषलाई आधुनिक एवं व्यवस्थित बनाउने क्रममा चीन सरकारबाट निर्माण भएको भवन नेपाल-चीन मैत्रीको प्रतिकको रुपमा रहेको प्रधानमन्त्री नेपालले उल्लेख गरे ।'अब हामी पर्वतीय देशहरूको समूह गठन गरी विश्वको ध्यान पर्वतीय र उच्च पहाडी देशहरूका समस्या समाधान गर्नेतर्फ आकषिर्त गर्छौ' प्रधानमन्त्री नेपालले भने । उनले अल्पविकसित मुलुकहरूको अध्यक्षका नाताले नेपालले यस क्षेत्रमा अझै धेरै अगुवाई गर्ने योजना बनाएको र त्यसमा संसारका अन्य मुलुकको पनि सहयोग र समर्थन चाहेको उल्लेख गरे । वन तथा भूसंरक्षण मन्त्री तथा कोषका अध्यक्ष दीपक बोहोराले प्रकृति संरक्षणका क्षेत्रमा पनि चिनियाा सहयोग बढ्नु नेपालका गौरवको विषय भएको उल्लेख गर्दै अनुसन्धान केन्द्रको निर्माणले प्राकृतिक सम्पदाको अध्ययनअनुसन्धानमा टेवा पुग्ने बताए ।नेपालका लागि चिनियाँ राजदूत क्वाई गुहवाङ्गले दुईदेशबीचको आपसी सम्बन्धलाई अझ प्रगाढ पार्न आˆ्नो सरकारले आर्थिक, सामाजिक, प्रकृतिक तथा प्राविधिकल क्षेत्रमा सहयोग गर्दै आएको बताए । उनले नेपालको विकास प्रयासमा चीन सरकारको निरन्तर सहयोग रहने पनि उल्लेख गरे ।कोषका सदस्यसचिव जुद्धबहादुर गुरुङले सरकारले उपलव्ध गराएको ३५ रोपनी जमिनमा चीन सरकारले करिब रू.३५ करोडको लागतमा संरक्षण तथा अनुसन्धान केन्द्र, तालिम तथा स्रोत केन्द्र र प्रेक्ष्यालयका साथै सुरक्षा भवन, हरितगृह , पानी प्रशोधन केन्द्र विद्युत्गृहलगायत विविध संरचना पनि निर्माण गरिदिएको जानकारी दिए ।

Comments

Popular Posts