Cheer of Sunil
ढाका, माघ २५ - करिव १८ बर्षअघि बाबुको हात समातेर कराते सिक्न गएका सुनिल लामालाई पहिलो दिनको याद अझै ताजा छ । 'घर छेउमै रहेको डोजोमा छ बर्षको उमेर देखि खेल्न थालेको हुँ, पहिलो दिनमानै स्पायरिंग गरेको थिए' पुरुष ५५ केजीमा स्वर्ण जितेपछि आइतबार भावुक देखिएका उनले भने ।इचंगु-७ रानिबन, काठमाडौंका सुनिलले करातेबाट धेरै पाए । परिवारको सहयोग पाए, सशस्त्र प्रहरीमा जागिर पाए अझ करातेमै लागेकी श्रीमति पनि पाए । उनले अव भने कतारेलाई थप पदक दिने प्रयासमा लाग्ने बताए । 'अवको लक्ष्य एसियाड हो, त्यसका लागि मेहनत गर्छु' उनले भने । तीन बषिर्य छोरीका २४ बषिर्य बाबु सुनिलका बाबु मिलन लामा ब्यापारी हुन भने आमा क्यामरा लामा गृहीणी । 'बुबाको प्रेरणले खेल्न थालेको हुँ आज चाही राष्ट्रको लागि केही गरेछु भन्ने महसुुस भएको छु' उनले भने, 'परिवारको सहयोग नभएको भए यहाँ हुन्न थिएँ होला' आफ्नो परिवार र गुृरुहरुलाई संझदै भने । उनी इचंगुका धेरैले कराते खेले पनि आफु भाग्यमानि बनको बताउँछन् । कलिला हात समालेर कराते सिकाउने रानिबनका बालकृष्ण सुवेदी र आफुलाई करातेमा स्थापित गर्ने बालाजु डोजोका ध्रुवविक्रम मल्ललाई उनले खुसीको क्षणमा सम्झे । चारबर्ष अघि सशस्त्रमा छिरेका उनी आफ्नो प्रतिभा तिर्खान महत्वपुर्ण योगदान दिएका बर्तमान प्रशिक्षक दीपक श्रेष्ठप्रति नतमस्तक देखिए । 'यस खुसीको अवसरमा सवैलाई धन्यवाद दिन चाहन्छु, साथै सवैलाई मलाई माया गरिरहन आग्रह गर्छु' सुनिलले भने । हाल टिमलाई प्रशिक्षण दिईरहेका जापानी प्रशिक्षक नोओमी कोन्दोलाई त उनले विर्षने कुरै थिएन । साथै उनले गाउँले दाई प्रेमलामाको सहयोग आफनोलागि अविश्मरणीय भएको बताए । संगै वालाजु डोजोमा प्रशिक्षण गर्दा गर्दै रोमा लामासंग प्रेमविबाह गरेका उनले पढाइ भने १२ भन्दा माथि लान सकेनन् । 'अव पढाइ भन्दा खेललाई धेरे ध्यान दिन्छु, मैले राष्ट्रलाई धेरै दिनु छ' उनी दृढताका साथ भन्छन् । फाइनलमा भारतका मानेलाई पन्छाएपछि नयाँ इतिहास रचेका उनले साग छनोट चरणमा कोलम्वोमा कास्य विजेता रविन्द्र दाहाललाई पन्छाएका थिए । सन २००९ मा मलेसियामा केओआइ कराते च्याम्पियनसिपमा पहिलो अन्तर्राष्ट्रिय सहभागिता जनाएका उनको यो दोस्रो अन्तर्राष्ट्रिय सहभागिता हो । उनका बर्तमान प्रशिक्षक दीपक श्रेष्ठले सुनिललाई अनुशासित खेलाडीको रुपमा परिभाषित गरे । 'अनुशासन नभएको भए यति प्रगति गर्दैन थियो' उनले सुनिलले अझ धेरै गर्न वाँकी रहेको र त्यो संभावना उसमा कायम रहेको वताए ।
Comments
Post a Comment