फिडे महिला ग्रान्ड स्विस २०२५: लाग्नोको अग्रता कायमै
फिडे महिला ग्रान्ड स्विस २०२५ को नवौं चरण सम्पन्न भएको छ । कातेरिना लाग्नोले पहिलो बोर्डमा बिबिसारा असाउबायेभासित बराबरी खेल्दै एकल अग्रता कायमै राखेकी हुन् । अब दुई चरण मात्र बाँकी रहँदा, शीर्ष स्थानका लागि प्रतिस्पर्धा तीव्र बन्दै गएको छ।
तान झोङई, अन्ना मुझिचुक र इरिना क्रुसको प्रभावशाली प्रदर्शन
चीनकी ग्रान्डमास्टर तान झोङई, युक्रेनकी ग्रान्डमास्टर अन्ना मुझिचुक र युएसएकी इरिना क्रुसले नवौं चरणमा महत्वपूर्ण जित हासिल गरेका छन्। तानको स्थितिगत खेलकौशल र मुझिचुकको आक्रामक रणनीति प्रतियोगिता भरि देखिएको छ, र नवौं चरणको नतिजापछि उनीहरूले आफ्नो दावेदारी अझ बलियो बनाएका छन्।
दोस्रो बोर्डमा भारतकी वैशाली रामेशबाबु र चीनकी सोङ युछिनले बराबरी खेलेका छन् । दुवै जनाको ६.५/९ अंकमा छन्। शीर्ष दुई स्थानमा कायम रहन अब उत्कृष्ट प्रदर्शन आवश्यक छ, उनीहरूको हालको लयले सम्भावना कायम राखेको छ।
Comments
Post a Comment