अभिमन्यु मिश्राले ग्रान्ड स्विसमा विश्व च्याम्पियन गुकेशलाई हराए
ग्रान्डमास्टर अभिमन्यु मिश्राले २०२५ फिडे ग्रान्ड स्विसको पाँचौं चरणमा हालका विश्व चेस च्याम्पियन गुकेश डीलाई पराजित गर्दै प्रतियोगिताको अहिलेसम्मको सबैभन्दा ठूलो सनसनी मच्चाएका छन् ।
न्यू जर्सीका १६ वर्षीय प्रतिभा मिश्राले World of Chess को ब्यानरमा खेल्दै पाँच खेलमध्ये तीनमा विजय हासिल गरिसकेका छन् — हरेक खेलमा कम्तीमा ७० एलो बढी रेटिङ भएका प्रतिस्पर्धीसँग उनले यो उपलब्धी हासिल गरेका हुन् । गुकेशमाथिको जितसँगै उनको स्कोर ४/५ पुगेको छ र अंक तालिकामा दोस्रो स्थानमा छन्।
झन् आश्चर्यजनक कुरा के भने, मिश्राले प्रतियोगिता ११६ मध्ये ८६औं वरीयतामा सुरुवात गरेका थिए। तर, उनको निडर खेलले उनलाई यस प्रतियोगिताको सबैभन्दा ठूलो आकर्षण बनाएको छ। अझै छ वटा चरण बाँकी हुँदा, उनले आगामी क्यान्डिडेट्स टुर्नामेन्ट मा स्थान सुरक्षित गर्ने बलियो दाबी प्रस्तुत गरेका छन्।
Comments
Post a Comment