भारतलाई ऐतिहासिक सफलता

भारतले अस्ट्रेलिया विरुद्धको मोहालीमा सम्पन्न तेस्रो टेस्ट क्रिकेटमा ६ विकेटको जीत निकालेको छ। यो भारतको ऐतिहासिक सफलता हो। पहिलो चेन्नई टेस्टमा ८ विकेट, दोस्रो हैदराबाद टेस्ट खेल १ सय ३५ रनले जितेको भारतले अस्ट्रेलिया विरुद्ध लगातार ३ टेस्ट खेल जितेको यो नै पहिलो हो। तेस्रो मोहाली टेस्टको पहिलो दिन वर्षाको कारण खेल रद्द भएको थियो। टस जितेर पहिले ब्याटिंग गर्ने निर्णय गरेको पाहुना टोली अस्ट्रेलियाले पहिलो पालीमा ४०८ रन जोडेको थियो भने भारतले ४९९ रन जोड्दै ९१ रनको अग्रता लिएको थियो। भारतको जीतको आधार भने शिखर धावनले निर्माण गरेका थिए। उनले पहिलो पालीमा आक्रामक ब्याटिंग गर्दै १ सय ८७ रन जोडेका थिए। धावनको यो डेब्यु म्याच पनि थियो। दोस्रो पालीमा भारतीय बलर भुवनेश्वोर कुमार र रबिन्द्र जड़ेजाले ३-३ विकेट झरेपछि अस्ट्रेलिया २३३ रनमा समेटिएको थियो। १३३ रनको विजयी लक्ष पछ्याएको भारतले समय सकिन केही समय अगाडि मात्र विजयी लक्ष भेट्टाएको थियो। अब यी दुई देश वीचको चौथो तथा अन्तिम टेस्ट मार्च २२ देखि देल्हीमा संचालन हुनेछ।  

Comments

Popular Posts