कुलझोडा च्यालेन्ज कपको उपाधि मधुमल्लालाई
तेजन खड्का
मोरङको राजघाटमा भएको कुलझोडा च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि मधुमल्ला युवा क्लब मधुमल्लाले उचालेको छ । मंगलबार भएको फाइनल खेलमा झापाको गोर्खा स्पोर्टिङ क्लब दमकलाई २–१ गोलले हराउँदै मधुमल्लाले उपाधि उचालेको हो । पहिलो हाफ सम्म गोल रहित बराबरीमा टुंगिएको खेलमा मध्यान्तर पछिको १४ आंै मिनेटमा मधुमल्लाका योगेश गुरुङले १ गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ,लगत्तै ३१ आंै मिनेटमा मधुमल्ला कै बिनोद तामाङले १ गोल थप्दै टिमलाई २–० को अवस्थामा पु¥याएका थिए । २ गोलले पछि परेको गोर्खा स्पोर्टिङका लागि ३९ औ मिनेटमा पारस लिम्बुले सान्त्वना गोल गरेपनि टिमको हार टार्न सकेनन् । उपाधिसँगै मधुमल्लाले नगद १५ हजार ट्रफि प्रमाण पत्र मेडल प्रा प्त गरेको छ भने उपबिजेता गोर्खा स्पोर्टिङ क्लब दमकले नगद १० हजार ट्रफि प्रमाणपत्र र मेडल लिएर घर फक्र्याे ।प्रतियोगिताको ‘ म्यान अफ द सिरिज’को उपाधि मधुमल्लाका मिलन राईले हात पारे ।त्यस्तै हाइस्कोरर दमकका पारस लिम्बू बने भने फाइनल खेलको ‘म्यान अफ म्याच’ पनि दमककै अरुण श्रेष्ठले प्राप्त गरे । गत माघ २२ गतेबाट सुरु भएको सो फुटबल प्रतियोगितामा झापा र मोरङका ८ टिम सहभागी थिए ।
प्रतियोगिताका विजेतालाई राष्ट्रिय खेलकुद परिषदका सदस्य किरण गिरीले पुरस्कार बितरण गर्नुभयो ।यस्तै उपविजेतालाई खेल संयोजक कैलाश थापा मगर र अध्यक्ष प्रकाश कन्दङ्वाले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो । यसैबीच प्रतियोगितामा हेम चोङ्बाङले दोस्रो पुरस्कार नगद १० हजार , समिर तुम्बाहाम्फेले दोस्रो ट्रफि ,चौकीलाल धिमालले नगद ६ हजार , मोहन चापागाई ३ हजार , जीवन लिम्बू ५ हजार , मानबहादुर लुङ्फुङवा ५ हजार , दमक —१७ को भावना , टुक्रे र कञ्चन गाउँटोल विकास संस्थाले संयुक्त ५ हजार र जंगवहादुर कार्कीले ५ हजार सहयोग गर्नुभएको कोषाध्यक्ष राजन काम्बाङले जानकारी दिनुभयो ।

Comments
Post a Comment